२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरीमा माछा मार्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु, चार घाइते

अ+ अ-

राजविराज । सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो । सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बञ्चरो, भाटालगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको थियो ।

सोही झडपका क्रममा घरेलु हतियार प्रहार भएर घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस