काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् । मङ्गलवारको बैठकमा छलफलको क्रममा बुधवारको बैठकको औचित्य नभएको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका ओलीले अहिले भने बैठकमा सहभागी हुने सहमति जनाएका हुन् ।
मङ्गलवारको सचिवालय बैठकमा चर्का चर्की भएपछि वातावरण तनावपूर्ण भएको थियो । बैठक बुधवार पनि बस्ने गरी सकिएको थियो । ओलीले भने बैठकको औचित्य नभएको भन्दै असहमति जनाएका थिए ।
ओलीको उपस्थितिबिना पनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्य व्यस्तता कारण ओली बुधवार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए ।
नेताहरूसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।