२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय विदेश सचिवको भ्रमणले माथिल्लो तहको छलफल र भ्रमणका लागि बाटो खुल्यो : डा.भट्टराई

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूर्वस्थितिमै फर्केको बताएक छन् । रिपोटर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने, ‘भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ ।’ दुवै देशबीच माथिल्लो तहमा एकीकृतरुपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिने सल्लाहकार डा. भट्टराईको भनाइ थियो ।

कालापानीको विषयपछि नेपाल-भारतबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशङ्कालाई दुवै देशका प्रधानमन्त्रीबीच अगस्त १५ मा भएको टेलिफोन संवाद र पछिल्ला तीन तहका भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतको हो भन्ने पुष्टि गर्दैन भन्दै डा. भट्टराईले भन्नुभयो, ‘विदेश सचिवको भ्रमणले त्योभन्दा माथिल्लो तहको छलफल र भ्रमणका लागि बाटो खुलेको छ ।’

चीनसँग पनि केही समय पहिले ऐतिहासिक र दुरगामी महत्वका यातायात र पारवहन सन्धि भएको उल्लेख गर्दै उनले सीमानाका र बाटालाई व्यवस्थित गर्दै सम्बन्ध विस्तार गरी अघि बढाउनपर्ने आवश्यकता औँल्याए । छिमेकीले गरिरहेको आर्थिक समृद्धि र विकासबाट फाइदा लिँदै विकास र संरचनामा सहभागी भएर कतै पनि नढल्किएर हाम्रो विकासलाई अघि बढ्नुपर्छ भन्ने वर्तमान सरकारको नीति रहेको सल्लाहकार भट्टराईले स्पष्ट पारे ।

उनले भने, ‘विशेषगरी सैन्य र राजनीतिक किसिमको संलग्नता कुनै पनि मुलुकसँग कतै पनि हुुन सक्दैन, हामी तटस्त र असंलग्न हौँ । भूराजनीतिक स्थिति नै त्यस्तो छ, हामी यता र उता ढल्कने अवस्था छैन । छिमेकीसँग राम्रो र विश्वासको सम्बन्ध बनाएर जनता र राष्ट्रको हितमा सहकार्य र संवाद गर्न चाहन्छौँ ।’

एक प्रश्नको जवाफमा डा. भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट छिनोफानो हुने बताए । उनले भने, ‘कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।’

नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कालापानीका विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले नेपालीको गौरव बढाए तापनि कुटनीतिमा कमजोरी भएकाले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको आरोप लगाए । उनले भने, ‘चीन र भारतबीच नेपाल ‘नेचुरल बोडर’का रुपमा रहेको छ, दुवै देशलाई विश्वासमा लिएर अघि बढ्ने नीतिले मात्र हाम्रो हित गर्छ ।’ इतिहासको एउटा पात्रका रुपमा मात्र रहेको राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै नेता प्रधानले भने, ‘धमिलो पानीमा माछा मार्न खोज्नुको साटो कसैलाई इच्छा लाग्छ भने पार्टी खोलेर सडकमा आए हुन्छ ।’

नागरिक समाजका डा सुन्दरमणि दीक्षितले छिमेकी दुवै मुलुकलाई नजिक र टाढाको दृष्टिले नहेरी समान व्यवहार गर्नु नै नेपालको हितमा हुने धारणा राखे । उनले भने ‘नेकपाभित्र देखिएको झगडाले नेपाली जनताको मन कुँडिएको छ, दुवै अध्यक्षको प्रतिवेदनमा एक अर्काप्रति आरोपप्रत्यारोप गर्नुबाहेक जनता र राष्ट्रको हितमा कुनै ठोस कुरा बोलिएको देखिन्न यो हाम्रो दुर्भाग्य हो ।’

प्रतिक्रिया दिनुहोस