प्रधानमन्त्री ओली सोमबार इलाम जाँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ओली सोमबार इलाम जाँदै


७ मंसिर २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली (सोमबार) ताप्लेजु र इलाम भ्रमणमा जाँदैछन्। सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने र सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेकोे उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए।

प्रधानमन्त्री ओली हेलिकप्टरमा गएर सोमबार नै काठमाडौँ फर्किनेछन्। गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरिएपछि उनी दोस्रो पटक काठमाडौँबाहिर जान लागेका हुन्।

यसअघि कात्तिक २६ गते प्रधानमन्त्री ओली संखुवासभा गएका थिए। गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस