विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।
मोरङको सुनवर्षी नगरपालिका-५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ११ बजेतिर ज्यान गएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए ।