२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र अमेरिकाबीच भएका सन्धि सम्झौता कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नेछु : डा. खतिवडा

अ+ अ-

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताएका छन् । बिहीबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले सो कुरा बताएका हुन् ।

प्रस्तावित राजदूत खतिवडाले राजदूत भएर अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोड दिए । प्रस्तावित राजदूत खतिवडाले भने, ‘नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्नेछु, दुई देशबीचका सम्झौता र सन्धिहरूलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानका लागि म भूमिका निर्वाह गर्नेछु ।’

यस्तै उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बोलवाला रहेकाले त्यहाँबाट नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्ने भएकाले आफूले त्यहाँबाट लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उनको भनाई थियो । खतिवडाले आफूले आर्थिक कूटनीतिमा जोड दिने बताए ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदशर्न रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइ चलिरहेको छ ।

प्रस्तावित राजदूतहरुलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।