प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो।

उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए। दुई देशका सेनाप्रमुखहरूबीच जंगीअड्डामा औपचारिक भेटवार्ता भएको हो। भेटवार्तामा दुई सेनाबीचको घनिष्ठ सम्बन्धलाई कायम राख्दै द्धिपक्षीय रक्षा सहकार्य विस्तार जोड दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस