अब नयाँ नयाँ शहर : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब नयाँ नयाँ शहर : मन्त्री श्रेष्ठ


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने बताएका छन् ।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग सोमबार भएको भेटमा मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि बताए। उनले आफ्ना कामका बारेमा सही मूल्याङ्कन गरिदिन सञ्चार क्षेत्रलाई आग्रह पनि गरे ।

सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले सकरात्मक कामको मिडियाले सधैँ समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गरे ।

सोसाइटीका पूर्वाध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्ने बताए । उनले कुनै कुनै मिडियाले गलत समाचार प्रसारण गर्दैमा सबै मिडियालाई दोष दिन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस