काठमाडौं । शान्ता खत्रीको लोक दोहोरी गीत ‘नेले बजार’ सार्वजनिक भएको छ ।
शान्ता खत्रीलाई स्वरमा रामजी खाँडले साथ दिएका छन् । गीतको शब्द शान्ता खत्री आफैले गरेका छन् भने संगीत रिमेश कुमारले गरेका छन् ।
एरेन्ज विजय थापाको रहेको छ भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।
लिङगेस भट्टराईको निर्देशनमा तयार पारिएको भिडियोमा दिनेश के.सी र शान्ता आफैको अभिनय रहेको छ ।
श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।
हेर्नुस् भिडियो: