कर्णाली सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णाली सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


८ कार्तिक २०७७, शनिबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ।

मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो।

 

प्रतिक्रिया दिनुहोस