काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुनको मुल्य तोलाको आँठ सय रुपैयाँले बढेको हो ।
९४ हजार ७ सय रुपैयाँमा स्थिर रहेको सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।