चीन । चीनको हुबेइ प्रान्तको उच्च अदालतका उपप्रमुख झाङ झोङबिनले कार्यालयमै आत्महत्या गरेका छन् ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार लामो समयदेखि बिरामी रहेका झोङबिनले शनिबार कार्यालयमै झुण्डिएर आत्महत्या गरेको पाइएको हो ।
उनको शव कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । मंगलबार बिहान त्यहाँको अदालतले आफ्नो आधिकारिक वेबसाइटमार्फत झाङ लामो समयदेखि बिरामी रहेको र उनी औषधि सेवन गरिरहेको बताएको छ ।
अदालतले घटनास्थलमा अनुसन्धान गरिसकेपछि उनको हत्या भएको हुनसक्ने आशंकलाई अस्वीकार रेको छन । आत्महत्या नै भएको अदालतको ठहर छ ।
अदालतका ५३ वर्षीय उपप्रमुख झाङको आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
झाङ सन् १९९० देखि हुबेइ प्रान्तको शासी पिपुल्स कोर्टमा सहायक न्यायाधीशको रुपमा काम सरु गरेका थिए ।