कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन शिक्षा मन्त्रालयको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन शिक्षा मन्त्रालयको निर्देशन


४ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिएको छ ।

कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो ।

मन्त्रालयका उपसचिव विदुरराज गिरीका अनुसार कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइएको छ ।

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन आग्रह गरिएको छ ।

पाठ्यक्रम लागु भए-नभएको अनुगमन गर्न सम्बन्धित स्थानीय तहलाईनै जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस