जोन सेनाले इरानी युवतीसँग गरे विवाह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जोन सेनाले इरानी युवतीसँग गरे विवाह


३० आश्विन २०७७, शुक्रबार


एजेन्सी । विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।

शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् ।

यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् ।

गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस