२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा

अ+ अ-

बिश्केक । किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेको अनुमान गरिएको छ ।

राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु ।’

राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन् ।

किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ ।