विश्वभर २ करोड ९१ लाखले जिते कोरोना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वभर २ करोड ९१ लाखले जिते कोरोना


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । विश्वभर २ करोड ९१ लाख बढी मानिस कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणबाट मुक्त भएका छन् । आर्ल्डोमिटरले दिएको जानकारी अनुसार बुधवार दिउँसोसम्म २ करोड ९१ लाख ३० हजार ७ सय ३५ जनाले कोरोना महामारीसँगको लडाइँ जितेका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा मात्रै ५२ लाख ७८ हजार जना सङ्क्रमण मुक्त भइसकेका छन् । अमेरिकामा अब २६ लाख ४९ हजार सक्रिय सङ्क्रमितको सङ्ख्या रहेको छ ।

यस्तै महामारीबाट दोस्रा सबैभन्दा बढी प्रभावित देश भारतमा ६३ लाख ८३ हजार कोरोना सङ्क्रमण मुक्त भएका छन् । भारतमा ८ लाख १२ हजार भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या रहेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै ब्राजिलमा ४५ लाख ६८ हजार कोरोना मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख २० हजार रहेको छ ।

अमेरिका पछि कोरोना महामारीको उच्च जोखिममा रहेका मुलुक क्रमशः भारत ब्राजिल र रसिया रहेका छन् । ती चार देश कोरोना सङ्क्रमितको सङ्ख्या लाख नाघेका देशहरू हुन् ।

हाल विश्वभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३ करोड ८६ लाख ५६ हजार २ सय १४ पुगेको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख ९७ हजार २ जना रहेको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८५ लाख २८ हजार ४ सय ९७ रहेको छ । जसमध्ये ७० हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको आर्ल्डोमिटर मिटरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस