काठमाडौं । २८ दिनको सत्याग्रहपछि आइतबार अनशन तोडेका डा. गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
चारसाता लामो अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि उनको आइसियुमा उपचार भइरहको बताइएको छ ।
डा. केसी र सरकार पक्षबीच शनिवार राति ८ बुँदे सहमति भएको थियो ।
सहमतिसँगै उनले आइतबार अस्पतालका सफाई कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका थिए ।







