ललितपुरका ३ जना मेयरमा कोरोना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुरका ३ जना मेयरमा कोरोना संक्रमण


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


ललितपुर । ललितपुरका ३ जना मेयरमा कोरोना पोजेटिभ देखिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ११ दिनदेखि किस्ट अस्पतालको आइसोलेसनमा छन्। उनको दोस्रो पटक परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको छ।

ललितपुर महानगरपालिकाका मेयर महर्जनका अनुसार उनलाई बिहीबार दिउँसो २ बजेदेखि अत्यधिक ज्वरो र घाँटी दुखेर गाह्रो हुन थालेको हो। उनले भने ‘अत्यधिक ज्वरो आएको छ।’ शुक्रबार गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नै घरमा बस्ने व्यवस्था मिलाएका छन्।

त्यस्तै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन गत सोमबारदेखि घरमै आइसोलेसनमा बसेका छन्। दुई पटक परीक्षण गर्दा दुई पटक नै पोजेटिभ आएको उनले बताए । ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने लक्षण देखिएको छ उनले भने।

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई भने ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको छ। हाल उनको अवस्था ठीकै भए पनि बुधबार पुनः गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस