२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले कोभिड-१९ को पहिलो औषधि ‘कोरोनाभर’ बिक्रीका लागि स्वीकृती दियो

अ+ अ-

काठमाडौं । रुसले कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती दिएको छ ।

कोरोना संक्रमित बिरामीकोे उपचारका लागि आर-फर्माको ‘कोरोनाभर’ एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आर-फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ । रुसले यसअघि नै कोभिड-१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक-भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।

आर-फर्माले कोभिड-१९ का १६८ बिरामीलाई सहभागी गराइ यसअघि तेस्रो चरणको ट्रायल सञ्चालन गरेको थियो जसपछि नै आधिकारिक स्वीकृति पाएको बताएको छ ।

योभन्दा अगाडि सो औषधिलाई कोरोना भाइरसको उपचारका निम्ति अस्पतालमा प्रयोग गर्न अनुमति दिइएको सरकारी डाटाले देखाएको छ ।

कोरोनाभर औषधिको ट्रायल तुलनात्मक रुपमा धेरै सानो मानिएको छ । तरपनि आर-फर्माले यसको आपूर्ति सम्बन्धी देशभरका फार्मेसीहरुसँग छलफल थालिसकेको कम्पनीकी प्रवक्ताले बताइन् । कोरोनाभर मस्काउबाट ३०० किलोमिटरको दुरीमा रहेको उत्तरपूर्वी क्षेत्र यारोस्लाभीस्थित आर-फार्मको उद्योगमा निर्माण गरिएको हो ।

गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा निर्माण भएको हो र भाइरल उपचारका लागि अधिक प्रयोग हुने गरेको छ । एभिफेभिर भने गत जुनदेखि नै अस्पतालहरुमा प्रयोग हुँदै आएको थियो तर फार्मेसीहरुमा यसको आपूर्ति गरिएको थिएन । एभिफेभिर र कोरोनाभर दुवै ‘फेभिपिराभीर’ नामक पदार्थमा आधारित औषधि हुन् ।

यो एन्टिभाइरल औषधिलाई २०१४ मा जापानले इन्फ्लुएन्जाका समयमा आपत्कालीन उपचारका लागि स्वीकृत गरेको थियो । र कोभिड-१९ विरुद्धको यसको प्रभावकारीता बारे अहिले विश्वभरि नै अध्ययन तथा परीक्षण भइरहेको छ । भारतमा पनि विभिन्न औषधि निर्माणकर्ताहरुले कोभिड-१९ विरुद्ध प्रयोगका लागि यसको उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस