काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।
मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।
पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।
भट्टले भने, ‘अब मन्त्रीज्यू कम्तिमा पाँच दिन पुल्चोकस्थित मन्त्री निवासमा होम आइसोलेसनमा बस्नुहुनेछ ।’