काठमाडौँ । विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारका लागि सरकारले कानुन बनाउने तयारी थालेको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ई–कमर्ससम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारसम्बन्धी विधेयक तर्जुमाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।
मन्त्रालयले तयार पारेको विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसदमा पेस हुनेछ ।