३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला क्रिकेट खेलाडीको कोरोना बीमा

अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ ।

यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ५१ जनाको बीमा गरेको थियो । कोरोना संक्रमणको त्रास बढ्दै गएको अवस्थामा क्यानले खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यान कार्यालयका कर्मचारीको यस अघि बीमा गरेको हो । बीमा गरिएका महिला खेलाडीको नाम भने क्यानले सार्वजनिक गरेको छैन ।

पहिलो चरणमा पुरुष खेलाडी, मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेपछि क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको हो । लामो समयदेखि क्यानले कोरोना महामारीका कारण पुरुष तथा महिला खेलाडीका लागि प्रशिक्षणको चाँजोपाँचो मिलाउन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण खेलकूद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महिला खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त बीमा गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस