३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा र पर्सामा कोरोना संक्रमित थपिँदै, थप १ सय ३४ जनामा संक्रमण

अ+ अ-

पर्सा । बारा र पर्साका थप १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ र काठमाडौंको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

गएको साउन २६ र २७ गते नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । त्यही स्वाबको रिपोर्ट आउँदा ६८ जना संक्रमित थपिएका हुन् ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो रिपोर्टअनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ । वीरगञ्जमा पत्रकार, चिकित्सकसहित ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय बिर्ताका दुई जना गरी सात प्रहरी कर्मचारी सङ्क्रमित भएका छन् ।

नारायणी अस्पतालका एक जना चिकित्सक र ओपीडीका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । बारा जिल्लामा भेटिएका सङ्क्रमितमध्ये पाँच जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने पिलुवाका दुई जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा आठ वर्षीया बालिकादेखि ७९ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिला रहेका छन् । मङ्गलबार थपिएका मध्ये दुई जनाको नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस