३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोंगबु हत्याकाण्ड : कृष्णले नक्कली फेसबुक आईडी बनाएर दुःख दिन थालेपछि हत्या गरेको कल्पनाको बयान

अ+ अ-

काठमडौं । दाङ घर भएका कृष्ण बोहोराको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । प्रहरीेले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

काठमाडौंको गोंगबुमा हत्या गरी फालिएका बोहोराको हत्यामा संलग्नलाई सोमबार चितवनबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल र उनकै १५ वर्षीया छोरी छन् ।

मंगलबार अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले लिएको बयानमा कल्पनाले आफूले नै बोहोराको हत्या गरेको स्वीकारेकी छन् । कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेको एसएसपी ज्ञवालीले जानकारी दिएका छन्।

दहीमा नसालु पदार्थका पाँचवटा निन्द्राको औषधि मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा फलामको ह्याम्मरले प्रहार गरेको कल्पनाले स्वीकार गरेकी छन्। मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाली झोलामा राखी आफैले फालेको कल्पनाले स्वीकारेकी छन् ।

शवको बाँकी भाग पनि कालो रंगको सुटकेशमा राखी पश्चिम बाटो छेउमा फालेको कल्पनाको बयान रहेको छ । उनी सोही दिन एम्बुलेनसबाट चितवन गएकी बताएकी छन् ।

यस्तै मृतक कृष्ण बहादुर बोहोरा कोठामा बेला बेलामा आई भेट्ने गरेको खुलेको छ । मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको  र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको कल्पनाको बयान छ।

चितवनको कालिका नगरपालिका–७ स्थायी घर भएकी उनी गोंगबु क्षेत्रमा बस्दै आएकी थिइन्। विगत तीन–चार वर्षदेखि कृष्णबहादुरसँग आफ्नो चिनजान रहेको र विगत सात–आठ महिनादेखि कृष्णबहादुर गोंगबुको एक गेस्टहाउसमा बस्ने गरेको कल्पनाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस