मोरङको रंगेलीमा एकै परिवारका १४ सहित २२ जना संक्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मोरङको रंगेलीमा एकै परिवारका १४ सहित २२ जना संक्रमित


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


मोरङ । मोरङको रंगेलीमा एकै परिवारका १४ सहित २२ जना संक्रमित भएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकै परिवारका १४सहित २२ जनमा कोरोना पुष्टि भएको बताइएको छ ।

१४ जना संक्रमित भएका परिवारकी एक महिला १५ दिन अघि भारतको नयाँदिल्लीबाट आएकी थिइन् । ती महिलाको भने स्वाव लिन छुटेकोले आज स्वाव लिएर परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए ।

२२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले रंगेली बजार पूर्णरुपमा सिल गरेको छ । नगरपालिकाले अर्को सूचाना जारी नभएसम्मका लागि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

८ जना अन्य संक्रमितमध्ये तीन जना रंगेली अस्पतालका कर्मचारी र दुई जना प्राविधक र एक जना भान्से रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस