९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुँदै

अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला आज जेल मुक्त हुने भएका छन् । ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरी शसस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआइजी) कोइराला आज(बिहीबार) जेल मुक्त हुने भएका हुन् ।

उनलाई सर्वोच्चको आदेश अनुसार डिल्लीबजार कारागार प्रशासनले बिहीबार थुना मुक्त गर्ने भएको हो । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको डिल्लीबजार कारागार प्रशासनले जानकारी दिएको छ ।

श्रीमती हत्यको मुद्दामा सजाय भोगीरहेका कोइरालाको सर्वोच्च अदालतले १५ असारमा सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

यस अघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ प्रधानन्यायाधीश जबराको इजलासले खुलाएको छ । श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्ने भन्दै सजाय घटाइएको खुलेको छ ।

२०६८ सालमा तत्कालीन डीआईजी कोइराला नेश्नल डिफेन्स कोर्सका लागि चीनमा थिए । विदामा काठमाडौं आएका बेला २७ पुस २०६८ मा पत्नी गीताको हत्या गरेका थिए । हत्यापछि श्रीमतीको शव सशस्त्र प्रहरी बलको बा८च ५४०८ नम्बरको गाडी प्रयोग गरेर मकवानपुरको पालुङ पुर्‍याएर जलाएका थिए ।

शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा ८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस