८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढाको निधनप्रति अध्यक्ष दाहाल मर्माहत

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् ।

आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको उल्लेख गरेका छन् ।

‘सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहेका थिए, उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ”, वक्तव्यमा अध्यक्ष दाहालले भनेका छन्, ‘सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ उनले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गरेका छन्।

बुढाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको थियो ।

यसैगरी अध्यक्ष दाहालले नवलपरासीका कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महत्तोको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् ।

उनले शिक्षण पेशा त्यागी जनयुद्धमा समाहित महतोको निधनबाट पार्टीले क्रान्तिकारी योद्धा गुमाउनुका साथै सिङ्गो समुदायले अनुभवी नेताको अभाव महसुस गरेको बताएका छन् । लामो समयदेखि अर्बुद रोगबाट पीडित ६८ वर्षीय महत्तोको आज बिहान हुक्सीकोट गाउँपालिकामा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस