काठमाडौं । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका –६ मा पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
घरमापथबाट आएको पहिरोले पुर्दा वर्ष २५ का मिलन खाँड, वर्ष २२ की मिलनकी
श्रीमती सम्झना खाँड र करिब डेढ वर्षकी अञ्जिता खाँडको मृत्यु भएको गाउँपाििलका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार रातीसुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घर पुरेको थियो । मृतक मिलनका बाबु भने वस्तु राखेको कटेरोमा बसेकाथिए ।