काठमाडौँ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार गरी पक्राउ पर्नेकै घरबाट लागू औषध बरामद गरिएको छ । शुक्रवार गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका भवन ठकुरीको घरबाट प्रहरीले लागू औषध बरामद गरेको हो ।
केराबारी गाउँपालिका १० का ३४ वर्षीय भाले भनिने भवन ठकुरीको घरमा खोज तलास गर्दा तीन ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ठकुरीले अध्यक्ष कार्कीलाई कार्यकक्षमै खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते कार्कीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।