काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।
पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
शनिबार बसेको सचिवालय बैठकमा आउँदो मंसिरमा एकताको महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई दाहालले समर्थन गरेका गरे। नेताहरु नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए।
शनिबार मंसिरमा महाधिवेशन गर्ने प्रस्तावको समर्थन गरेका दाहालले आइतबार वरिष्ठ नेताहरु नेपाल, खनाल, गौतम र श्रेष्ठसहितका स्थायी समिति सदस्यहरुसँग भने आफूले दाहालसँग कुनै सहमति नगरेको बताएका छन्।
उनले भुलवश ओलीको प्रस्तावको समर्थन गर्न पुगेको र आफूलाई परिवन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्याइएको बताएका थिए। बिहानको खुमलटार भेटवार्ता पनि दाहाल फेरि ओलीसँग छलफल गर्न बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ।
आइतबारका लागि तय भएको स्थायी समिति बैठक फेरि मंगलबारसम्मका लागि स्थगित भएको छ।