काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । आइतबार निधारित समयमै बस्ने गरी बोलाइएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।