काठमाडौं । काठमाडौंमा मयूर यातायातले बस चलाउन थालेको छ । सरकारले सरकारी यातायातलाई सञ्चालन गर्ने निर्णय गरेसँगै तोकेको मापदण्डअनुसार मयुर यातायातले सोमबारदेखि यातायाता सञ्चालन गरेको हो ।
अन्य यातायात व्यवसायीहरुले विभिन्न गुनासा गरिरहेको बेला मयुरले भने यात्रुलाई सेवा दिन सरकारको मापदण्ड अनुसार बस चलाउन थालेको हो ।
सोमबार ६ वटा बस सञ्चानमा ल्याएको छ । दुई वटा बस काठमाडौं–धुलीखेल–पनौती र ४ वटा बस रिंगरोडमा चलाउन थालेको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
अधयक्ष श्रेष्ठका अनुसार १/२ दिनमै २०/२२ वटै बस सञ्चालन हुने छन् । यात्रु कम भएकाले एकै पटक सबै बस सञ्चालनमा ल्याउन नसकिने उनले बताए । कम्पनीका अपहले ४४ वटा बस छन् । गाडीहरु मर्मत भइरहेका छन् ।
बस रोकेर राख्दा थप नोक्सानी हुने भएकाले तोकिएको मापदण्ड पुरा गरेर सबैले बस चलाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले सरकारकै मापदण्डअनुसार एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने, मास्क अनिवार्य र ५० प्रतिशत बढी भाडा लिने गरी मयुर यातायात सञ्चालन गरिएको बताए ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी चलाउने निर्णय गरेको थियो ।