सडक विभागका इन्जिनियरविरुद्ध पौने दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सडक विभागका इन्जिनियरविरुद्ध पौने दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता


२२ असार २०७७, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सडक विभागका अवकाशप्राप्त सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्र नारायण यादव विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तत्काल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनियरबिरुद्ध मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०३६ मङ्सिर २ गते सार्वजनिक सेवामा प्रवेश गरेको इन्जिनियर यादवले अवकाश मिति २०७४ फागुन १६ सम्मको अवधिमा आर्जन गरेको दुई करोड ८७ लाख ८६ हजार चार सय ६८ मध्ये एक करोड ८५ लाख ११ हजार सात सय २८ रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यादवले श्रीमती राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी जग्गा खरिद, घर निर्माण, कर्जा चुक्ता, बैक मौज्जाद तथा छोरी आँचल यादव र छोरा आभूषण यादवसमेतलाई एमबिबिएस अध्ययनको शैक्षिक खर्च, शेयर लगानी, बैङ्क खातालगायतमा सम्पत्ति सिर्जना तथा लगानी ग रेको अनुसन्धानबाट खुलेको छ । उनको नेपाल एसवीआइ बैङ्कमा रहेको खातामा एकै दिन ४ पटक गरी जम्मा भएको पैतीस लाख ५० हजार रुपैयाकोसमेत स्रोत नखुलेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस