३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

अ+ अ-

टेक्सस (अमेरिका) । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो ।

सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड–१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ ।

श्रम गन्तव्य मुलुक मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्घले जनाएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ ।

बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागि समेत आइएलओको सहयोग उपयोग गर्न सकिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस