२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर धपाउन ९० थान बन्दुक वितरण

अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।

पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नुपरेपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए ।

बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा आएर राहत चाहियो भन्दै आन्दोलन गर्ने गरेका थिए । उनले भने, ‘पहिलो चरणमा भेग मिलाएर आएको जति बन्दुक बाँडेका छौँ, अझै पनि मागअनुरूप पुगेको छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ ।” गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था आबद्ध छन् । एक टोलमा दुई वटाको दरले वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर बन्दुक माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस