थप २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५४९१ पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५४९१ पुग्यो


२० असार २०७७, शनिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ।

मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस