काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ गर्दै डा. जागेश्वर गौतमले आज ४८ महिला र ३८६ जना पुरुष गरी ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । जसमध्ये ११४२ महिला र १००२० पुरुष छन् ।
पछिल्लो २४ घण्टमा जना ३१२ डिस्चार्ज भएका छन् । जसमध्ये १९ महिला र २९३ पुरुष छन् । कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ ।
हाल सम्म मृत्यु हुनेको संख्या २६ जना पुगेको छ ।