घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ


६ असार २०७७, शनिबार


पक्राउ

हेटौडा । इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो ।

राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख रहेका उनलाई भीमफेदी– ६ मा रहेको सगरमाथा होटेलबाट ठेकेदार दुर्गा लामासँग घुस रकम लिँदै गरेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।

रायलाई नगद १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले बताएका छन् । रंगेहात पक्राउ परेपछि रायलाई निलम्बन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस