१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

अ+ अ-

कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८, तनहुँमा १२, गोर्खामा ११, पर्वतमा पाँच र मनाङमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

मनाङमा पहिलोपटक सङ्क्रमण देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए ।

त्यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४०, ३० र ३९ वर्षका १५ जना तथा उमेर नखुलेको दुई जना पुरुष र गैँडाकोट नगरपालिकाका २८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।

तनहुँमा ऋषिङ गाउँपालिकामा ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका पुरुष, शुक्लागण्डकी नगरपालिकाका २१ वर्षका पुरुष तथा भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन् । गोर्खामा पालुङटार नगरपालिकाका वर्ष ४६, ४५, ४३, २८, २३ र ४१ वर्षका पुरुष, ४० वर्षीया एक महिला तथा शहीद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४२ एक पुरुष र वर्ष २० का एक जना महिला, मोदी गाउँपालिका वर्ष ३० का एक पुरुष तथा फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३० र ३७ का दुई पुरुषमा सङ्क्रमण देखिएको हो ।

मनाङबाहेकका अन्य सबै सङ्क्रमित भातबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको अहिले सबैलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म २९४ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ ।

अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८४, बागलुङमा ४१, पर्वतमा ३४, गोर्खामा ३६, तनहुँमा २३, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङ र मनाङमा एकरजना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्यमा १५ जना महिला छन् ।

सङ्क्रमितमध्ये २२ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस