काठमाडौँ । संघीय संसद् सचिवालयका सहसचिव सुदर्शन खड्का सचिवमा बढुवा भएका छन् ।
संघीय संसद् सचिवालय, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले सह सचिव खड्कालाई संघीय संसद् सचिवालयको सचिवालय सचिवमा बढुवा गरेको हो ।
सचिवालयका सचिव भरतराज गौतमको गत महिना संघीय संसद्को महासचिवमा नियुक्ति भएसँगै रिक्त सचिव पदमा उनको बढुवा भएको हो ।
खड्काले २०५१ सालमा शाखा अधिकृत पदबाट सेवा प्रवेश गरेका थिए ।