काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षकलाई घुससहित रंगेहात पक्राउ गरेको छ । मोरङको सि आर भी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेलाई चारहजार घुससहित पक्राउ गरेको आयोगले जनाएको छ ।
उनले सेवा ग्राहिसँग होटल व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको आयोगले जनाएको छ ।
घिमिरेमाथि अनुसन्धान सुरु गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।