२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्ल्यूएचओले भन्यो – ‘कोरोना भाइरसको अन्त्य नहुन सक्छ, अझै तीव्र गतिमा बढ्न सक्छ’

अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने बताएको छ ।

बुधबार डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो यस्तो बताएका हुन्। उनले खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने बताए ।

आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्ने रयानको भनाइ छ । अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन १ थरी खोप निर्माणका प्रयासहरू भइरहेका छन् । यस्तोमा विशेषज्ञहरूले प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन डब्ल्यूएचओले सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने मनस्थिति बनाएर अघि बढ्नुपर्ने बताइन् ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । ४३ लाखभन्दा धेरै मानिस संक्रमित छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस