काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले नेपाली भूमी हुँदै कैलाश मानसरोबरसम्मको बाटोको उद्घाटन गरेको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
प्रवक्ता श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको सो कामका भत्र्सना गर्दै अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’