काठमाडौं । कोरोना भाइरस (कोभिड १९)कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । ओरल्डोमिटरका अनुसार आइतबार बिहानसम्म २ लाख ३ हजार २ सय ७२ जनाको ज्यान गइसकेको छ । कोरोना संक्रमितको संख्या भने २९ लाख २० हजार ९ स ६१ पुगेको छ ।निको भएर घर फर्किसकेका भने ८ लाख ३६ हजार ९ सय ४१ पुगका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ६० हजार ६सय ५१ पुगेको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण हाल विश्का दुई सय १० देशमा फैलिएको छ ।
विश्वका पाँच देशमा मृतक संख्या २० हजार नाघेको छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।
बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुःखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।
फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।
अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।