१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतमा कोरोनाका बिरामीको उपचार गर्न छाड्ने चिकित्सकको चेतावनी

अ+ अ-

लन्डन । बेलायतमा स्वास्थ्य सुरक्षात्मक सामाग्रीको अभाव हुँदा चिकित्सकले कोरोनाका बिरामीको उपचार गर्न छोड्ने चेतावनी दिएका छन् । सुरक्षाका लागि चिकित्सकले लगाउने ४ लाख गाउन टर्कीबाट आउन ढिला भएपछि उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

कोरोना भाइरस (कोभिड–१९)को संकटपूर्ण यस घडीमा सुरक्षा सामग्रीको अभाव हुनुको मतलब चिकित्सकलाई ‘कठिन निर्णय’ लिने अवस्थातिर धकेलिएको चिकित्सकीय निकायकाले बताएको छ। उक्त निकायका अनुसार चिकित्सकसँग ‘आफू पनि कोरोना संक्रमित हुनुपर्ने’ कि त ‘संक्रमित बिरामीलाई समयक्रममा मर्न दिने’ दुई विकल्प रहेका छन्।

कोरोनासँगको लडाईमा अग्रपंक्तिको मोर्चा संहालिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा सामग्री अभाव हुनु सरकारको असफलता रहेको आलोचकले टिप्पणी गर्न थालेका छन्।

हालसम्म बेलायतमा ८० स्वास्थ्यकर्मीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको डेलीमेलले बताएको छ ।

शुक्रबार स्वास्थ्यमन्त्री म्याट हेनककले चिकित्सकले लगाउने गाउन केही दिनभित्रै आइपुग्ने बताएका थिए। त्यस लगत्तै टर्कीबाट ८४ टन चिकित्सकीय सामग्री आइतबार बिहान आइपुग्ने राष्ट्रिय स्वास्थ्य सेवाका प्रमुखले बताएका थिए। तर ती सामग्री आइपुग्ने समयसीमा भन्दा २४ घण्टा बढी बितिसक्दा पनि नआइपुगेको डेलीमेलले उल्लेख गरेको छ। एजन्सी

प्रतिक्रिया दिनुहोस