३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक उत्ताउलो मजदुरको आवाज

अ+ अ-

हजुर ! म त उत्ताउलो मजदुर हुँ
किनकि
मेरो भोक उत्ताउलो छ
जसले एक गाँस भात खोजिरहेछ
मेरो गरिबी उत्ताउलो छ
जसले एकसरो लुगा खोजिरहेछ
तब त भोक र गरिबी सहेको म
उत्ताउलो बनेँ
जसले भात र लाज ढाक्नकै लागि
सीमापारि जानुप¥यो !
यही मेरो उत्ताउलो पेट र
उत्ताउलो वर्गलाई
कुल्चिँदै
दरबारमा बसेकाहरू
झनै उत्ताउला बनेर हाँसिरहँदा
म पनि उत्ताउलो नै बन्न पुगेँ !

मेरो रहर थिएन उत्ताउलो बन्ने
बाध्यता हो
लालावालाको आङ ढाक्न
उनीहरूलाई कखरा सिकाउन
बुढी आमालाई पछ्यौरा किन्न
र जीवनसाथीको सिउँदो भर्नकै लागि
गेटको चौकीदार होस् वा
होटेलका भाँडा माझ्न
बिदेसिएको म
आज आफ्नै भूमिमा टेक्न नपाउँदा
उत्ताउलो बन्न पुगेँ !

लाखौँ खर्च गरेर बिदेसिनेहरूलाई त
सरकारले चिन्दो रहेछ
विमान पठाएर उनीहरूलाई
स्वदेश भित्र्याउँदो रहेछ
म भने
मालिकले
तलब दिन नसक्ने बताएपछि
पैदल हिँडी आफ्नो देशको सीमामा पुग्दा
मेरो देशले यता नआइज भन्छ
कैयौँ दिनसम्म खान पनि नपाएको म
आफ्नो भूमिमा पाइला टेक्न
र परिवारसँग सुख साट्ने आसले
नदीमा पौडी खेल्दै आइपुग्दा
मेरो देशको प्रहरीले हिरासतमा लिन्छ
तब त म उत्ताउलो बनेछु !

म जस्तै मजदुरहरूका बिचबाट
मन्त्री, मुख्यमन्त्री र राष्ट्र प्रमुखहरू बने
मेरै वर्गलाई सपनाहरू बाँड्दै
चुनाव जिते
तर उनीहरू त आज
सबै बिर्सेछन् कि
भोक कस्तो हुन्छ ?
किनकि उनीहरू आज अभावमा छैनन्
चाहेको कुरा दरबारमै पुगेको छ
महलमा बसेर झुपडीका कथाहरू
उनीहरूले सबै भुलेका छन्
तर म जस्ता मजदुरहरूको भोक
उसै गरी जागेको छ
जो हिजोका व्यवस्थाहरूमा जाग्ने गर्दथ्यो
यही भोकका कारण
सीमापारि गएको म
आफ्नो देशमा टेक्न खोज्दा
उत्ताउलो कहलिए
हो हजुर
म उत्ताउलो मजदुर हुँ !

प्रतिक्रिया दिनुहोस