२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमस्कार प्रभु !

अ+ अ-

गन्दाखेरी चार अक्षरको “नमस्कार” म कति प्रभावशाली र शक्तिशाली छु । विश्वजगत र ब्रह्माण्डमा मेरो जति चर्चा र परिचर्चा अरू कसैको पनि हुँदैन । मेरो रूप, रङ्ग पनि केही छैन । म प्रायः जसो सबैको मुखमा झुन्डिएर आफ्नो जीवन गुजारी रहेको छु । रक्सी भट्टी, होटेल,आमसभा, गोष्ठी सेमिनार देखि ठुला ठुला सरकारी कार्यालय, संसद् भवन र सरकारसम्म अग्राधिकार पाएको छु मैले ।

सोर्स फोर्स र भनसुनमा जागिर खाने, काम गर्न नजान्ने,घर बसेर तलब खाने, सरकारी खर्चमा मनपरी तन्त्र गर्ने, भ्रष्ट्राचारमा लिप्त हुने आदि आदि व्यक्तिको जागिर बचाउने माध्यम पनि म नै बनेको छु । त्यसैले म आफूलाई धेरै भाग्यमानी र शक्तिशाली ठान्दछु ।

ठुला बडा र आफूलाई सर्वश्रेष्ठ ठान्नेले त मलाई झनै माया गर्दछन् । मलाई पाएको खण्डमा आफ्नो मान सम्मान बढेको महसुस गरी सेखी झार्ने र मलाई नपाएमा आफूलाई अपमान गरेको ठान्ने । त्यति मात्र कहाँ हो र ! त्यसको रिस थाम्न नसकेर घरमा खाना ढिलो पाकेको निहुँ बनाएर होस वा खाना मिठो नभएको निहुँ गरेर श्रीमतीमाथि खनिने पनि नभएका होइनन् । त्यसो त बाहिर जनताका सामु मीठा र टीठ लाग्दा भाषण गरेर आफू जनता जस्तै सर्वसाधारण हौँ भनेर भन्ने, आफै नमस्कारको नाटक मञ्चन गरी चुनाव जित्ने अनि पद र पावरमा पुगेपछि तिनै सर्वसाधारणले आफूलाई नमस्कार गरोस् भन्ने चाहना राख्ने र नमस्कार नगरे कर्के आँखाले हेर्ने ती सम्मानका भोका र लालसी नेताहरूको व्यवहारले त मेरो शान झनै बढेजस्तो लाग्दछ ।

पैसा नदिनेलाई दिने बनाउने, जागिर नदिनेलाई दिन मन्जुर गराउने, यतिसम्मकी सरकारी अड्डामा सेवाग्राहीको कामको प्राथमिकताको आधार बन्ने म कति शक्तिशाली र महत्त्वपूर्ण छु । तर कहिले सोच्छु! अर्काको काम मात्रै फत्ते गर्नमा माहिर म अर्काले मेरो फाइदा उठाएर आफ्नो स्वार्थ पुरा गर्ने गरेको जस्ता अवस्थाले तिनीहरूको नोकर भएजस्तै लाग्दछ । तर के गर्ने मलाई खेलाउने, घुमाउने र प्रयोग गर्ने काम तिनीहरूकै हातमा छ । मनपरेको र चाहिएको बेला मात्र प्रयोग गर्छन् नत्र मतलबै गर्दैनन् । स्रष्टाले पनि कस्तो वरदान दिएको आफ्नो मनपरी भन्दा नि अर्काको मनपरीमा चल्नुपर्ने । तर पनि अधिकांश राम्रो र सम्मानजनक ठाउँमा आफ्नो उपस्थितिले गर्दा आफ्नो चित्त बुझाउँछु ।

आफूलाई नमस्कार नगरेको निहुँमा अनजानमा सानो काम के बिग्रिन्छ, स्पष्टीकरण सोध्ने, दुर्गम ठाउँमा सरुवा गर्न खोज्ने र पाउनुपर्ने सेवा सुविधा र अवसरबाट समेत वञ्चित गराउने जस्ता दुःखदायी र मार्मिक घट्नाहरुले गर्दा कतै आफू कसैको उन्नति र कसैको दुर्गतिको बाटो भइयो कि जस्तो पनि लाग्ने गर्दछ ।

पिउनले खरिदार र सुब्बालाई नमस्कार नगर्दा रिसाएर दिनभरि काममा पेलाउने, खरिदार र सुब्बाले हाकिमलाई नमस्कार नगर्दा हाकिम ठुस्स । यस्तै यस्तै सानाले ठुलालाई नमस्कार गर्नुपर्ने, काम जे जस्तो गरौँ, राम्रो गरोस् या नराम्रो, हाजिर लगाएर घर जाओस् तर नमस्कार गरी खुसी पार्न सक्यो भने त्यो नै उत्तम लाग्ने हाकिमलाई कस्तो अचम्मको ! ठुला बडा र अतिथिलाई स्वागत गर्ने पहिलो सौगात स्वरूप निस्कने “नमस्कार” कति भाग्यमानी म ।

सामन्ती र ठुलाबडाहरुको स्वागतका लागि मेरो उपस्थिति हुने । गरिब, असहाय र मजदुरका लागि मालिक खुसी पारेर जेनतेन आफ्नो जीवन निर्वाह गर्ने माध्यमको रूपमा मेरो रजाई हुने । व्यक्ति व्यक्तिका बिच चल्ने कुराकानीको उद्घाटन म बाटै हुने । एक अर्काको आत्मा खुसी पार्ने उत्तम र बहु उपयोगी शब्दको रूपमा मेरो अस्तित्व रहने तथा पहिले देखि नमस्कारको स्वाद लिन पल्केका, जति नमस्कार लिए पनि खल्ती भर्न नसकेका, बाटोमा हिँड्दा नमस्कार, फोनमा नमस्कार, कार्यालयमा नमस्कार आदि आदि माध्यमबाट नमस्कारको बिल्ला भिरे जस्तै सधैँ जसो नमस्कार गरी रहने मान्छेले कसो कसो झुक्यानमा परी एक पटकको लागि चुकोस्, अर्को दिनदेखि उसतर्फ कर्के आँखाले हेर्ने, जाबो एउटा नमस्कार के छुट्यो ठुला ठुला कामको बाटो बन्द गरी दिने । उता गरेको नमस्कार कुनै कारणले नफर्काएको स्थितिले गर्दा आफूलाई कसो कसो लाज लागेजस्तो पनि अनुभव हुने । यिनै हुन मेरा खाँटी विशेषताहरू । त्यसैले त मेरो उपनामहरू निर्माणतन्त्र, विगाडतन्त्र , बनावट तन्त्र, सजावट तन्त्र आदि भन्दा पनि फरक नपर्ला !

उसो त बाटोमा हिड्दाखेरी कसै अरूलाई गरेको नमस्कार गलत अनुमानले आफूलाई गर्‍यो की क्या हो ठानेर नाक ठाडो पारी बाटोमा रवाफ देखाउँदै हिँड्ने मान्छेहरूको अवस्था देखेर भने आफैलाई हाँसो पनि लाग्ने गर्दछ । क्या मै हुँ भन्नेलाई जिल्लाउन पाइयो आज भनेर आफै मुसुमुसु गर्दै हिँड्छु । जे भए पनि कसैका लागि राम्रो, कसैका लागि नराम्रो, कसैको शत्रु त कसैको मित्र बन्दै र प्रायः जसो शिक्षक, कर्मचारी तथा नेताहरूको मुखमा झुन्डिई दिन बिताउँदै आएको छु ।

आफ्नो गुदी र बुद्धिले नभ्याएर अरूको बलबुतामा सानो तिनो पद पाउँदैमा धेरै ठुलो भएको घमन्ड गर्ने , बाटोमा हिँड्दा छाती फुलाएर हिँड्ने, आफू नै सर्वेसर्वा ठान्ने, आफू कसैलाई नमस्कार नगर्ने, अरूले आफूलाई जहाँ जसरी भेटे पनि नमस्कार गरिदियोस् भन्ने चाहना राख्ने मान्छेदेखि त मेरो पारो तातेर आउँछ । तर जे भए पनि बिचरा ! आफूलाई ठुलै मान्छे सोच्ने र नमस्कारको लोभ लालचमा रहने कतै मेरै दास पो हुन खोजेको हो की भनेर टीठ लागेर पनि आउँछ ।

अफिसमा ठुलै र महत्त्वपूर्ण कामको लागि लागेको त त्यहाँ हाकिम दुब्लो,पातलो ख्याउटे अनि पिएन चाहिँ मोटो घाटो र सुकिलो देखिनाले हाकिमलाई जानुपर्ने नमस्कार पिउनलाई परेकोले हुनै लागेको काम बिग्रेको, उता निकै चाकरी गरी जागिर खान पल्केका एक जना कर्मचारी साइकल चलाई रहेकै वेला बाटोमा हाकिमसँग भेट हुँदा चल्दै गरेको साइकलबाट झटपट दुई हात उचालेर के नमस्कार गर्न खोजिरहेका थिए साइकल ढलेर राम्रैसँग रोडमा बजारिएका जस्ता घट्नाहरुमा पनि मेरै ठुलो हात रहेको छ । म साँच्चै ठुलो जादुगर र मालदार पो रहेछु त, कसैलाई माथि पुर्‍याउने । कसैलाई स्वाई तल झार्ने । कसैलाई थात माथि थात पारिदिने । कसैलाई पुर्पुरोमा हात पारिदिने । कसैलाई खुस्काउने कसैलाई हुस्साउने …………..।

आजसम्म मेरो कारणले हुनु नहुनु भयो नहुनु हुनु भयो । अब भने म चाहन्छु मबाट त्यस्तो नहोस्। मेरो राम्रो र सम्मानजनक ठाउँमा उपस्थिति भइदियोस्। मेरो कारणले कसैको काम बिग्रन नपरोस्, पाएको जागिर चट्ट नहोस्, एक आपसमा खिचलो नहोस्, अप्रत्याशित घट्नाहरु नघटोस् भन्ने चाहना राख्दै आफ्नो दीर्घायुको कामनाका साथ आफैलाई नमस्कार गर्छु –नमस्कार !

    सुनार कानून अधिकृत हुन् 

प्रतिक्रिया दिनुहोस