३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारलाई इसाई समाजद्वारा पाँच लाख सहयोग

अ+ अ-

सुर्खेत । सुर्खेतका ख्रिष्टियनको छाता सङ्गठन इसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग गरेको हो । इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद् कोषमा जम्मा गरेको रु दुई लाख १० हजार ५०० रकम भौचर आज वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ ।

सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले सङ्कटका बेला सरकारको सहयात्री भएर हिँड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गरे। ‘यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,’उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय सङ्कटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ ।’

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायत धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पुर्‍याउन समाजलाई अनुरोध गरे । उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकलाई चर्चले सहयोग गर्दै आएको बताए ।

त्यस्तै, समाजले सु्र्खेतका अन्य स्थानीय सरकारमा लेकबेसी नगरपालिकालाई रु ६८ हजार, गुर्भाकोट नगरपालिकालाई रु ६५ हजार ९००, भेरीगङ्गा नगरपालिकालाई रु ६० हजार र पञ्चपुरी नगरपालिकालाई रु ५१ हजार सहयोग गरेको उनले जनाए । त्यसैगरी, बराहताल गाउँपालिकालाई रु ५० हजार र चौकुने गाउँपालिकालाई रु २५ हजार सहयोग गरिएको उहाँको भनाइ थियो । अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरागर्ने ध्येयले सरकारलाई यहाँका ३१ चर्चको सामूहिक सहयोग भएको हो ।

प्रतिक्रिया दिनुहोस