१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा र्‍यापिड टेष्टका लागि किट अपुग

अ+ अ-

लम्की । सरकारले केही जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय तहहरुको अनुमान छ ।

स्वास्थ अधिकारीहरु भारतबाट विभिन्न नाका भएर वा लुकेर सो अवधिमा करीब एक लाख ५० हजार मानिस विदेशबाट सुदूरपश्चिममा भित्रिएको बताउंँछन् । हाल सरकारले सुदूरपश्चिममा केवल १० हजार थान मात्र आरडिटी किट उपलब्ध गराएको छ । ‘यति थोरै परिमाणले ती सबै मान्छेको र्‍यापिड टेष्ट गर्न कसरी पुग्छ ?’, एक स्वास्थ्यकर्मीले भने, ‘परीक्षणका लागि आरडिटी किट अभाव हुन्छ ।’

हाल टीकापुर नगरपालिकामा मात्रै चैतभित्र भारतबाट आएर घर फर्केका र क्वारेन्टाइन नबसेर घरमै बसेका करीब पाँच सयदेखि सात सय मानिस हुन सक्ने बताइएको छ । यहांँ र्‍यापिड टेष्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिका, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।

यस्तै लम्की चुहा नगरपालिकामा समेत र्‍यापिड टेष्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ । लम्की चुहाका स्वास्थ्य शाखा संयोजक जयन्ती बिष्टले भने, ‘बाँकी १५ किट रहेको छ, आइतबार टेष्ट गर्छौँ, हामीकहांँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नू ?’

लम्कीचुहाका विभिन्न वडामा चैतभर भारतबाट घर फर्किएर घरमै बसेकाहरु दुई हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईँ बताउँछन्। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र जाँच गर्ने गरी काम अगाडि बढाइएको बताउँछन् ।

सुदूरपश्चिम, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत नरेन्द्रसिंह कार्कीले संघिय सरकारबाट अहिलेसम्म १० हजार किट आएको बताए। ‘१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरी माग गरेका छौंँ’, कार्कीले भने, ‘सबैको परीक्षण गर्ने सरकारको योजना हो । किट आएमा बांँकीको पनि परीक्षण गर्नेछौं ।’

टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग
आइएमई लाइफ इन्स्योरेन्सले टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख सुमन तिमिल्सेनाले अस्पतालका अध्यक्ष दीपक रावललाई भेटेर सो सहयोग हस्तान्तरण गरे ।

तिमिल्सिनाले संक्रमणको जोखिमका बेला उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस