काठमाडौं । वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रूप लिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भनिएकोले भनेको छ ।
स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गरेको छ ।